सुनको मूल्य १७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १७ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य शुक्रबार १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य शुक्रबार १ हजार ८७५ रुपैयाँ छ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४० हजार ५ सय पुग्दा चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँ प्रतितोला थियो।

जेठ १८, २०८१ शुक्रबार ११:१६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।