श्रीमान् घरमा नभएको मौका छोपेर एक महिलामाथि बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

श्रीमान् घरमा नभएको मौका छोपेर एक महिलामाथि बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं : पर्वतमा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३२ वर्षीय सागरबहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र ३६ वर्षीय कुशल मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भवन बरामले बताए। 

उनका अनुसार सोमबार राति बजेतिर ती महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। त्यस दिन ती महिलाका श्रीमान् घरमा नभएको मौका पारेर उनीहरू कोठामा प्रवेश गरेको प्रहरीले जनाएको छ। 

 चारै जनालाई सोही दिन नै पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्वत जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरामले बताए।

जेठ १६, २०८१ बुधबार २१:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।