'सादा पोसाकको प्रहरी हौँ' भन्दै गरगहना लुटपाट गर्ने एक पक्राउ, तीनजना अझै फरार

'सादा पोसाकको प्रहरी हौँ' भन्दै गरगहना लुटपाट गर्ने एक पक्राउ, तीनजना अझै फरार

काठमाडौं : सुनचाँदीको गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित अत्तरखेलमा बस्दै आएका ४८ वर्षीय भाग्यराम पाइन रहेका छन्।

अनुसन्धानको क्रममा गएको सोमबार भाग्यराम पाइनलाई पक्राउ गरिएको हो। उनीबाहेक अन्य तीन जना भने फरार रहेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार उनीसहितको एक समूहले गएको जेठ १३ गते राति ११ बजेतिर काठमाडौंस्थित कपनको मुस्कान चोक नजिकैको जयविक्रम बिकको सोहिल बाह्रबिसे सुनचाँदी पसलबाट लुटपाट गरेको थियो। 

सुरुमा उनीहरूले बिकलाई आफूहरू अनुसन्धान कार्यालयबाट आएको सादा पोसाकको प्रहरी भएको बताएका थिए। आफूहरूको सुन पसलको अनुसन्धान गर्न आएको भन्दै उनीहरूले बिकलाई कुटपिट गरेर पसलमा रहेका सुनका विभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाइल लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ। 

भाग्यरामलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ। 

जेठ १६, २०८१ बुधबार १९:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।