छ सयले बढ्यो सुनको मूल्य

छ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा छ सय र चाँदीको मूल्य तोलमा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ। यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ।

चाँदी बुधबार तोलाको १ हजार ९३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोल १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

जेठ १६, २०८१ बुधबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।