दृष्टिविहीन कवि घिमिरेको ‘मायाको आयतन’ कविता सङ्ग्रह सार्वजनिक

दृष्टिविहीन कवि घिमिरेको ‘मायाको आयतन’ कविता सङ्ग्रह सार्वजनिक

काठमाडौं : कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त कविता सङ्ग्रह सार्वजनिक भएको हो।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले मधुसुदन घिमिरे दृष्टिविहीन भएपनि मनको आँखाले सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने गरेको कार्यक्रममा बताए।

उनले भने, ‘मधुसुदन घिमिरे दृष्टिविहिन भएर पनि सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने क्षमत लेखकमा रहेको छ। उहाँले लेखेको हरेक कवितामा मर्म लुकेको छ। यस्ता कविताहरू धेरै धेरै र नेपाली साहित्यका सबै विधामा योगदान गर्न पनि शुभकामना गर्न चाहन्छु।’

१२५ थान छोटा कविताहरु सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशन गरेको हो। सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्था सहित कविताहरू छन्।

जेठ १६, २०८१ बुधबार ०७:४७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।