प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ठगी गरेको आरोपमा एक पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं : नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा उदयपुरको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेको प्रहरीले जनाएको छ।

पासवानले कटहरी गाउँपालिका-५ का एक व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको आरोप छ। उक्त सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १२, २०८१ शनिबार १८:१७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।