स्थानीय विवाद मिलाउन काठमाडौँ महानगरले थाल्यो न्याय चौतारी

स्थानीय विवाद मिलाउन काठमाडौँ महानगरले थाल्यो न्याय चौतारी

काठमाडौँ :  स्थानीय विवाद सामूहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम सुरु गरेको छ। वडा नम्बर ११ बाट कार्यक्रम सुरु भएको हो।

कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको नभई, दुवै पक्षको लाभमा केन्द्रित हुने बताइन्।

‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस्। झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस्। विवादमा अल्झिएर जीवन समस्यामा नपरोस् भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पुर्याउन कार्यक्रम आयोजना गरिएको हो’ उनले भनिन्।

हिंसा के हो, भन्ने चेतना नभएका कारण व्यक्ति अन्यायमा परिरहेको हुन सक्ने बताउँदै उहाँले न्याय चौतारीले कानुनी व्यवस्थाका बारेमा जानकारी दिने उनले बताइन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठुलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताए।

‘सानातिना विवादलाई त्यही मिलाउन पाए धेरै द्वन्द्वहरू सिर्जना भएकै ठाउँमै रोकिन्छन्। हामीले देश बुझ्यौँ। विदेश बुझ्यौँ। तर, आफ्नै मौलिक राम्रा अभ्यास बिर्सियौँ। यसरी बिर्सिएका अभ्यासमध्ये चौतारीमा आफू आफू बसेर विवाद मिलाउने अभ्यास पनि हो' उनले भने।

जेठ ८, २०८१ मंगलबार ०९:४८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।