गेटा मेडिकल कलेजलाई तीन सय शय्याको बनाउने सरकारी नीति

गेटा मेडिकल कलेजलाई तीन सय शय्याको बनाउने सरकारी नीति

काठमाडौं : सरकारले कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय(गेटा मेडिकल कलेज)मा तीन सय शय्याको मेडिकल कलेज र प्राविधिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याउने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उदयपुर, मोरङ, पर्सा, चितवन लगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आगमी वर्षदेखि चिकित्सा शास्त्र संकायको स्नातक तहको कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अस्पताल सञ्चालनको तयारी छ।

जेठ १, २०८१ मंगलबार १७:३३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।