सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुन तोलामा तीन सय रुपैयाँ घट्दा चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ३८ हजार १ सय रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन तोलाको १ लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार हुँदा चाँदी १ हजार ७२५ रुपैयाँमा बिक्री भएको थियो।
वैशाख ३१, २०८१ सोमबार ११:१८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।