काटिसकेको रुखको मुडाले थिचेर एकको ज्यान गयो

काटिसकेको रुखको मुडाले थिचेर एकको ज्यान गयो

काठमाडौं : जुम्लामा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ।
 
मंगलबार कनकासुन्दरी –१ न्यारीघाट बस्ने ३२ वर्षीय चन्दलाल कठायत रुख काट्न जंगलमा पुगेका थिए। सो क्रममा काटिसकेको रुखको मुडा गुडेर टाउकोमा लाग्दा बिहान कठाएतको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भिम भण्डारीले जानकारी दिए।  

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला, प्रहरी चौकी चौथाबाट गएको टोलीले मुचुल्का उठाइसकेको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धानसमेत गरिरहेको छ। 

२५ बैशाख, २०८१, १७:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।