अमेरिकी विश्वविद्यालयहरूमा विद्यार्थीहरूको प्रदर्शन (तस्बिरहरू)

अमेरिकी विश्वविद्यालयहरूमा विद्यार्थीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : बुधबार अमेरिकाका विभिन्न युनिभर्सिटीका क्याम्पसहरूमा हिंसात्मक झडप भएका छन्।

झडपको बारेमा कोलम्बिया युनिभर्सिटीले एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा झडपका कारण धेरै व्यक्ति घाइते भएको र ३० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख छ।

उपकुलपति जीन ब्लकले भने, ‘हिजो राति भएको झडपमा घाइते भएकाहरूप्रति मेरो सहानुभूति छ। मेरो सहानुभूति उनीहरूलाई पनि छ, जो आजको दिनमा असुरक्षाको डरले बाँच्न बाध्य छन्।’

गाजामा युद्धको विरोधमा दर्जनौं अमेरिकी विश्वविद्यालय क्याम्पसहरूमा प्रदर्शन भइरहेको छ। यस अवधिमा विश्वविद्यालयका क्याम्पसहरूमा पनि हिंसात्मक घटनाहरू देखिएका छन्।

बुधबार प्रहरी डलास विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालयका क्याम्पसमा प्रवेश गरेको थियो।

न्यूयोर्क शहरका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटी र न्युयोर्कको सिटी कलेजबाट ३०० जनालाई पक्राउ गरिएको बताएका छन्।

अमेरिकाको लस एन्जलस सहरको एक विश्वविद्यालय क्याम्पसमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारी र विपक्षी समूहबीच झडप भएको खबर पनि आएको छ।

बुधबार कोलम्बिया विश्वविद्यालयको क्याम्पसमा पनि हिंसात्मक झडप भएको थियो। पछिल्ला दुई हप्तामा अमेरिकाका विश्वविद्यालय क्याम्पसबाट एक हजारभन्दा बढी पक्राउ परेका छन्।

हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेपछि इजरायली सेनाले गाजा र वेस्ट बैंकमा सैन्य कारबाही सुरु गरेको थियो।

इजरायली आक्रमणमा गाजामा हालसम्म ३४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यी प्रदर्शनकारीहरूले इजरायललाई आर्थिक सहायता रोक्न र इजरायली कम्पनीहरूलाई बहिष्कार गर्न माग गरेका छन्।

२० बैशाख, २०८१, ०९:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।