अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै महिलाको हत्यापछि फरार ५ महिला प्रतिवादी पक्राउ

अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै महिलाको हत्यापछि फरार ५ महिला प्रतिवादी पक्राउ

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा फरार एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली छन्।

सरूमारानी गाउँपालिका–४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले छोरा जन्माएकी थिइन्। अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै उनलाई २०६३ असोज ९ गते हुमीकुमारीदेवी, दिलिसरादेवी र हिमीकुमारी राना समेतले कुटपिट गरेका थिए।

गम्भीर घाइते हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि अभियुक्तहरू फरार सूचीमा थिए। जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। घटनामा संलग्न अभियुक्तमध्ये हिमीकुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत प्यूठानमा उपस्थित गराएको छ।

१५ बैशाख, २०८१, १९:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।