‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय थियो’

‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय थियो’

काठमाडौं : माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन्। 

बुधबार राष्ट्रिय सभाहल काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा कलम चलाएको बताइन्। 

उनले भनिन्, ‘पारिजात दिदी साहित्यकार त हुनुहुन्थ्यो नै। उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो। मुलभूत रुपमा उहाँ चाँही श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा हुनुहुन्थ्यो।’

आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पितृसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनीय रहेको बताइन्। 

उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ। हामीले महिला मुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पितृसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौं।’

१२ बैशाख, २०८१, १५:५१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।