अमेरिकी सिनेटबाट युक्रेन र इजरायलसहितका देशलाई ९५ अर्ब डलरको प्याकेज अनुमोदन

अमेरिकी सिनेटबाट युक्रेन र इजरायलसहितका देशलाई ९५ अर्ब डलरको प्याकेज अनुमोदन

एजेन्सी : अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ।

सिनेटबाट अनुमोदन भएसँगै राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ।

सहायता रकम उपलब्ध गराउने प्रस्तावको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो।

प्याकेजको प्रस्ताव राख्ने क्रममा बाइडेनले भने भने, ‘यो प्रस्ताव महत्त्वपूर्ण छ। यसले हमास जस्ता आतंककारी र पुटिनजस्ता तानाशाहहरूसँग आफूलाई बचाउन युद्ध लडिरहेका हाम्रा साथीहरूलाई पहिले भन्दा सुरक्षित बनाउनेछ।’

यस प्याकेजमा इजरायललाई २६ अर्ब ४ करोडको सहायता दिइएको छ भने ९ अर्ब १० करोड गाजामा मानवीय सहायताको लागि छुट्याइएको छ।

१२ बैशाख, २०८१, १०:२३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।