ईपीएलमा आर्सनलसामु चेल्सीको लज्जास्पद हार

ईपीएलमा आर्सनलसामु चेल्सीको लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल)मा आर्सनलसामु चेल्सीले लज्जास्पद हार व्यहोरेको छ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले ५-० गोलको लज्जास्पद हारको सामना गरेको हो।

आर्सनलका लागि लियन्द्रो ट्रोसार्डले एक गोल गर्दा बेन ह्वाइट र काइ ह्याभर्टेजले समान दुई–दुई गोल गरे।

खेलको चौथो मिनेटमा लियन्द्रोले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। पहिलो हाफ १–० मा सकिए पनि दोस्रो हाफमा चेल्सी झन् निरीह बन्यो र थप चार गोल खायो।

खेलको ५२औं र ७०औं मिनेटमा ह्वाइटले गोल गर्दा ५७औं र ६५औं मिनेटमा ह्याभर्टेजले गोल गरे।

जितसँगै ३४ खेलमा ७७ अंकसहित आर्सनल तालिकाको शीर्ष स्थानमा छ। पराजित चेल्सी ३२ खेलमा ४७ अंकसहित नवौं स्थानमा छ।

१२ बैशाख, २०८१, ०७:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।