पाकिस्तानको मिसाइलका लागि सामान उपलब्ध गराउने चार कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

पाकिस्तानको मिसाइलका लागि सामान उपलब्ध गराउने चार कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी : अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

जसमा चीनका तीन र बेलारुसका एक कम्पनी छन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरूको नाम सियान लङ्दे टेक्नोलोजी डेभलपमेन्ट, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेशनल ट्रेड र ग्रानपेक्ट कम्पनी हुन्। बेलारुसको मिन्स्क ह्वील ट्रयाक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ।’

लामो दूरीको मिसाइल कार्यक्रममा लागि सामग्री उपलब्ध गराएपछि प्रतिबन्ध लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘यी कम्पनीहरूले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्रीहरू आपूर्ति गरेका छन्,’ विज्ञप्तिमा थप भनिएको छ, ‘यी कम्पनीहरूले लामो दूरीको मिसाइल कार्यक्रमका लागि सामग्री उपलब्ध गराएको छ।’

८ बैशाख, २०८१, १०:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।