काठमाडौंका यी स्थानमा आज दिनभरजसो विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आज दिनभरजसो विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं : काठमाडौंका विभिन्न तीन वितरण केन्द्रबाट वितरित विभिन्न स्थानमा आज दिनभरजसो विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी तथा डांछी फिडरअन्तर्गतका दक्षिणढोका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

शनिबार बिहान साढे सात बजेपछि नै अनामनगर धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

मूलपानी फिडरअन्तर्गत विभिन्न स्थानहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र डांछी फिडरअन्तर्गत शिवचोक, दक्षिणढोका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको हो।

८ बैशाख, २०८१, ०९:१४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।