युइएसँगको हारसँगै एसिया कपमा जानबाट रोकियो नेपाल

युइएसँगको हारसँगै एसिया कपमा जानबाट रोकियो नेपाल

काठमाडौँ : एसीसी मेन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल युएइसँग पराजित भएको छ। अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा युइएले नेपाललाई ६ विकेटले पराजित गरेको हो।

पहिलो ब्याटिङ गरेको नेपालले युएइलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको थियो। यूएईले ४ विकेटको क्षतिमा १८ औँ ओभरमै सहजै लक्ष्य पुरा गर्यो। पराजित भएसँगै एसिया कप खेल्न नेपाल असफल भएको छ।
नेपालले तेस्रो स्थानका लागि शनिवार प्रतिस्पर्धा गर्नेछ। तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै एमर्जीङ कपका लागि छनोट हुनेछ। नेपाललाई पराजित गरेसँगै यूएई आइतबारको फाइनलमा प्रवेश गरेको छ। युइएले ओमान र हङकङको विजेतासँग फाइनल खुल्नेछ।

पहिलो ब्याटिङ गरेको नेपालका ब्याटरहरु युएइका बलर सामु निरीह भए। नेपालका सन्दीप जोराले ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। इनिङको पहिलो बलमा नै कुशल भुर्तेल बाहिरिएका थिए। आसिफ शेख एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल १८ बलमा ५ रन जोड्दै आउट भए।

सन्दीप जोराले इनिङ सम्हाले तर विकेट पतनकोक्रम रोकिएन। कुशल मल्ल ३ रनमा बोल्ड भए। दीपेन्द्र सिंह ऐरी ५ रनमा एलबीडब्लूमा परे। सन्दीप जोरा पनि क्याच आउटमा परे। सोमपाल कामी २ रन जोड्दै बाहिरिए। करण केसीले १७ रनमा जोडे। गुलशन झाले १५ बलमा २० रन जोडेमन थिए ।

यूएईका बलर जुनेद सिद्धिकी, अलि नासिर र बसिल हमिदले २-२ तथा ओमिद रहमान, आयन खान र मुहमद फारुकले १-१ विकेट लिएका थिए।

युएइको तर्फबाट आलिशान शराफुले ४१ बलमा ४ चौका र २ चक्का सहित ५५ रन बनाए। विष्णु सुकुमारनले २८, कप्तान मोहम्मद वासिमले ११, आसिफ खानले १०, सायद हैदरले १४  र आयन खानले ३ रन बनाएर नेपालको लक्ष्य सहजै पुरा गरे। 

७ बैशाख, २०८१, १६:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।