अर्धशतक बनाएर सन्दीप जोरा आउट

अर्धशतक बनाएर सन्दीप जोरा आउट

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईविरुद्ध नेपालका सन्दीप जोरा अर्धतशतक बनाएर आउट भएका छन्।

उनी आउट भएसँगै नेपालको छैटौं विकेट गुमेको छ। ४० बल सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएर आउट भए।

पन्ध्रौं ओभरको चौथो बलमा मोहम्मद फारुकको बलमा जोरा मोहम्मद वसीमको हातबाट क्याचआउट भए।

यसअघि चौधौं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरी, दशौं ओभरको पहिलो बलमा कुशल मल्ल आउट भएका थिए।

त्यसअघि १८ बलमा पाँच रन मात्र बनाएर कप्तान रोहित पौडेल आउट हुँदा चौथो ओ‌भरको तेस्रो बलमा आशिफ शेख र खेलको पहिलो बलमा कुशल भुर्तेल पेभेलियन फर्किएका थिए।

अहिले क्रिजमा गुल्सन झा र सोमपाल कामी छन्।

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्दैछ।

७ बैशाख, २०८१, १३:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।