चौथो विकेटको रूपमा नेपालका कुशल मल्ल आउट, दीपेन्द्र आए क्रिजमा

चौथो विकेटको रूपमा नेपालका कुशल मल्ल आउट, दीपेन्द्र आए क्रिजमा

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ।

दशौं ओभरको पहिलो बलमा बसील हमीले कुशल मल्ललाई बोल्डआउट गरेका हुन्। पांँच बलमा तीन रन बनाएर उनी आउट भए।

त्यसअघि १८ बलमा पाँच रन मात्र बनाएर कप्तान रोहित पौडेल आउट भएका थिए। उनलाई यूएईका अली नसीरले सातौं ओभरको अन्तिम बलमा आउट गरे।

चौथो ओ‌भरको तेस्रो बलमा आशिफ शेखलाई साफी रहमानको बला एलबीडब्लु आउट गरे। उनले ११ बलमा ८ रन मात्र बनाउन सके।

त्यसअघि कुशल भुर्तेललाई जुनैद सिद्दिकीले खेलै पहिलो बलमा आउट गरेका थिए। अहिले क्रिजमा कप्तान सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरी छन्।

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्दैछ।

नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।

नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

७ बैशाख, २०८१, १२:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।