एसीसी प्रिमियर कप : यूएईविरुद्ध नेपालले टस हार्‍यो

एसीसी प्रिमियर कप : यूएईविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौं : एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले यूएईविरुद्ध टस हारेको छ।

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन्। नेपालले पहिलो ब्याटिङ गर्नेछ।

खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ।

नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ। साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन्।

नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

७ बैशाख, २०८१, ११:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।