फोटो खिच्न पुगेका पत्रकारलाई अनमोलका बडिगार्डले तानेर बाहिरै निकालेपछि...

फोटो खिच्न पुगेका पत्रकारलाई अनमोलका बडिगार्डले तानेर बाहिरै निकालेपछि...

काठमाडौं : अभिनेता अनमोल केसी चर्चाका लागि अनेक ढर्रा गर्छन्। 

बिहिबार पनि फिल्म प्रमोसनमा बडिगार्ड बोकेर सिटी सेन्टरको बिगमुभिजमा पुगे। त्यहाँ जेठ १० गते प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’को ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। सोही कार्यक्रममा आएका अनमोललाई दुईजना बडिगार्डसहित उपस्थित गराइयो। 

ट्रेलर रिलिज कार्यक्रममा बडिगार्डसहित आउनुलाई अनमोल पत्रकारसँग डराएका हुन् भन्ने खाल्का शब्दहरू सुनिए। 

ट्रेलर रिलिज भइसकेपछि कलाकार, निर्माता तथा निर्देशकले आफ्नो फिल्मका बारेमा भनाइ राखे। 

त्यसपछि हल बाहिर फोटो खिचाउने कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा अनमोलका बडिगार्डले अनमोलसँग फोटो खिचाउनै दिएनन्। उनले अनमोलसँग पुगेका पत्रकारलाई तानेर बाहिरै निकाले। 

केही पत्रकारलाई धकेलेपछि अनमोल आफैले बोलाएर फोटो खिचाए। उनले आफ्नो स्टारडम निकाल्न खोजे। 

निकै हाउभाउ र बडिगार्डसहित पुगेका अनमोलले फिल्मको नाम ‘फर्की फर्की’ धकेला-धकेल राख्नुपर्ने खाल्को तिक्डम देखाए। 

उनले बडिगार्ड लिएर हिँडेको यो पहिलो भने होइन। ८ वर्ष अघि फिल्म ‘डिम्स’को रिलिजका समयमा चार जना बडिगार्डका साथ प्रहरी लिएर गोपीकृष्ण हल पुगेका थिए। त्यसबेला भने उनी दर्शकमाझ पुग्दा कुनै दुर्व्यवहार हुन्छ भन्ने हिसाबले होला भन्ने आकलन गरिएको थियो । 

त्यसपछि पनि उनी आफ्नो फिल्ममा अन्य कलाकार भन्दा फरक देखाउँदा बडिगार्डसहित हलमा पुग्ने गरेका छन्। 

के अनमोलले पनि पत्रकारसँग डराएर बडिगार्डसहित हिँड्नैपर्ने अवस्था आएको हो? कि चर्चाको लागि रचिएको प्रपोगाण्डा हो? त्यो उनैले जानून्। 

तर, पहिला जस्तो क्रेज छैन भन्ने कुरा अनमोलले भुलेकै हुन्? गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छड्के २’को व्यापारबाट थाहा हुन्न र अनमोल? कि अहिलेसम्म ‘ड्रिम्स’को ह्याङले छोडेको छैन? 

६ बैशाख, २०८१, १७:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।