आईपीएल : लखनउ र दिल्ली भिड्दै, यस्तो छ तीन खेलको आँकडा

आईपीएल : लखनउ र दिल्ली भिड्दै, यस्तो छ तीन खेलको आँकडा

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलको २६औं खेलमा आज लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्स भिड्दैछन्।

खेल नखनउमा नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। दुई टोलीबीच हालसम्म भएका तीन खेलमा लखनउले तीनवटै जित निकालेको छ, त्यसैले दिल्ली जितविहीन छ।

खेलेका चार खेलमध्ये लखनउ तीन खेलमा जित निकालेर ६ अंकसहित तेस्रो स्थानमा रहँदा दिल्ली पाँच खेलमा एउटामा मात्र जित निकालेर अंकतालिकाको पुच्छारमा छ।

यसअघि बिहीबार राति भएको खेल मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लुरूलाई सात विकेटले पराजित गरेको थियो।

३० चैत, २०८०, १२:५५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।