लुम्बिनीमा माओवादी, एमाले र जसपाबाट एक/एक जना मन्त्री बन्दै

लुम्बिनीमा माओवादी, एमाले र जसपाबाट एक/एक जना मन्त्री बन्दै

बुटवल : लुम्बिनी प्रदेशमा सानो आकारको मन्त्रिमण्डल गठन हुँदैछ। शनिबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका माओवादीका संसदिय दलका नेता जोखबहादुर महराले आज सानो मन्त्रिमण्डल गर्न गर्न लागेका हुन।

पौने दुई बजे मुख्यमन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिने छन्। त्यसपछि थप तीन मन्त्रीले सपथ लिने छन्।

पहिलो चरणमा सरकारमा माओवादीसहित एमाले र जनता समाजवादी पार्टी (जसपा) सहभागी हुनेछन्। 

माओवादीबाट दिपेन्द्र पुन मन्त्री बन्नेछन्। त्यस्तै, एमालेबाट दलका उपनेता चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नेछन्।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।

केन्द्रमा सत्ता गठबन्धनमा आएको फेरबदल सँगै तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा माओवादी संसदिय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।   

२५ चैत, २०८०, १३:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।