एकैदिन २९ सयले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि गत बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रूपैयाँले बढेको हो।
आज तेजाबी सुन भने प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।
यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
चैत २५, २०८० आइतबार १२:२९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।