अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल नेपालमै हुने : खेलकुदमन्त्री श्रेष्ठ

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल नेपालमै हुने : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफू लागि परेको बताएका छन्। 

जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेटको फाइनलका अवसरमा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले जनकपुरधामसहित देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्न सके अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल नेपालमै हुने प्रतिबद्धता आइसीसीबाट प्राप्त भएको जानकारी दिए। 

मन्त्री श्रेष्ठले निजी क्षेत्रको सहयोग नभए नेपाल खेलकुदको विकास सम्भव नभएको भन्दै उद्योग वाणिज्य संघलगायत संस्थालाई पनि खेलकुद सहयोग गर्न आग्रह गरे। 

साना साना वडाको खेललाई अन्तर्राष्ट्रिय खेलसरह सहयोग गरे खेलकुदको विकासमा सम्भावना सम्भव भएको उनको विश्वास छ।

२४ चैत, २०८०, २१:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।