दुर्घटनामा परेकी अभिनेत्री कोपिला थापाको ढाडमा शल्यक्रिया गरेर स्टिल राखियो

दुर्घटनामा परेकी अभिनेत्री कोपिला थापाको ढाडमा शल्यक्रिया गरेर स्टिल राखियो

काठमाडौं : भारतमा सडक दुर्घटनामा परि अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन्।

एक कार्यक्रममा सहभागी भएर पञ्चकुलातिर फर्किने क्रममा उनीहरू चढेको कार दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा उनीसँगै कारमा सवार रहेकी यात्रु रुपा थापाको मृत्यु भएको र अर्का एकजना नेपाली घाइते भएको बताइएको छ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थापा कार दुर्घटनामा परेको जानकारी दिदै उनको उपचारका लागि चलचित्र विकास बोर्डसँग पहल गर्ने बताए।

उनले भने, ‘कोपिला भारतको एउटा कार्यक्रम सकेर फर्कने क्रममा दुर्घटना पर्नुभएछ। उहाँसँग मेरो कुराकानी भइरहेको छ।’

यो घटना एक साताअघि भए पनि शुक्रबार मात्र सार्वजनिक भएको हो। अध्यक्ष निरौलाका अनुसार अभिनेत्री थापालाई ढाडमा गम्भीर चोट लागेको छ भने शल्यक्रिया गरेर स्टिल राखिएको छ।

उनले पछिल्लो समय फिल्म ‘महापुरुष’मा मदनकृष्णको पत्नीको भूमिकामा अभिनय गरेकी थिइन्।

२४ चैत, २०८०, १३:४२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।