श्रममन्त्री डिपीले भने- ‘सहकारीमा मेरो २३ लाख फसेको छ, उठाइदिए अलि-अलि दिन्थेँ'

श्रममन्त्री डिपीले भने- ‘सहकारीमा मेरो २३ लाख फसेको छ, उठाइदिए अलि-अलि दिन्थेँ'

काठमाडौं : श्रममन्त्री डिपी अर्यालले आफू सहकारी ठगीमा संलग्न नभई उल्टै पीडित भएको दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्याल उपाध्यक्ष रहेको कृषि सहकारीका बचतकर्ताहरूले बचत फिर्ता नपाएको भन्दै सहकारी विभागमा निवेदन दिएपछि अनुसन्धान भइरहेको छ।

शनिबार एक कार्यक्रममा अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको दाबी गर्दै त्यो उठाइदिनेलाई एक/दुई लाख रुपैयाँ दिने बताए। 

सहकारीमा २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको र सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे।

‘रास्वपाको उपसभापति डिपी आर्यालले पनि सहकारी ठगी गर्यो भन्ने तपाईंहरूलाई लाग्ला,’ उनले भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, त्यो २३ लाख उठाइदिए बोल्ने सांसद, लेख्ने मिडियाका साथीहरूलाई म अलि-अलि दिन्थेँ।’

२४ चैत, २०८०, १३:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।