आईपीएलमा चेन्नईमाथि हैदरावादको शानदार जित

आईपीएलमा चेन्नईमाथि हैदरावादको शानदार जित

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ।

घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि छ विकेटले पराजित गरेको हो। चेन्नईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो।

चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा हैदरावादले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो।

हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। हैदरवादविरुद्ध कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रको ओपनिङ जोडीले खास गर्न सकेन।

यी दुई खेलाडीले २५ रनको साझेदारी गरेका थिए । रविन्द्र ९ बलमा १२ रन बनाएर पहिलो विकेटको रुपमा पभेलियन फर्किए।

तर, चेन्नईका विस्फोटक अलराउन्डर शिवम दुबेले टोलीमा पुनरागमन गरे पनि ४५ रनको स्कोरमा कमिन्सले उनलाई प्याभिलियनको बाटो देखाए। दुबेका साथै अजिंक्या रहाणेले पनि ३५ रन बनाए।

रविन्द्र जडेजाले ३१ रन बनाउँदा डेरियल मिचेलले १३ रनको पारि खेले।महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे। हैदरवादका लागि प्याट कमिन्स, टी नटराजन, भुवनेश्वर कुमार, सहवाज अहमतद र जयदेव उनादकटले समान एक –एक विकेट लिए।

जवाफी पारीका लागि घरेलु मैदानमा चेन्नाइ विरुद्ध युवा खेलाडी अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट सुरुआत गराए।

१२ बलमा ३७ रनको आक्रामक पारि खेलेका अभिषेक शर्मा टिमको स्कोर ४६ रन हुँदा आउट भए। उनले तीन छक्का र चार चौका प्रहार गरे। त्यसपछि ट्राभिस हेड र एडेन मार्करम मिलेर पारी अगाडि बढाएका थिए। हेड २४ बलमा ३१ रनको पारी खेलेर आउट भए।

ओपनरद्वय अभिषेक र हेडको विकेट गुमेपछि हैदरावादका एडेन मार्करामले जितको जिम्मेवारी सम्हाले। उनले ३६ बलमा ५० रनको उत्कृष्ट पारि खेले।

यस्तै, सहवाज अहमदले १८ रन बनाउँदा हेनरिक क्लासेन १० तथा नितिश कुमार रेड्डीले १४ रनको नटआउट पारी खेल्दै हैदरावादालाई सहज जित दिलाए।

चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक–एक विकेट लिए। जितपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ। चेन्नईको पनि चार खेलबाट ४ अंक नै रहेको छ।

चेन्नई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ। जारी आईपीएमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जितका साथ ६ अंक बनाउँदै शीर्ष २ स्थानमा रहेका छन्। जारी प्रतियोगितामा मुम्बई इन्डियन्सले भने जितको खाता नै खोल्न सकेको छैन।

२४ चैत, २०८०, ०७:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।