लुम्बिनीको मुख्यमन्त्रीमा मा‍ओवादी नेता महरा नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा मा‍ओवादी नेता महरा नियुक्त

बुटवल : लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।

प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र एक सदस्यको समर्थन छ।

२३ चैत, २०८०, २०:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।