लुम्बिनी : मुख्यमन्त्री चौधरीको सरकार ढल्ने भएपछि भूमिमन्त्री अहिरले दिए पदबाट राजीनामा

लुम्बिनी : मुख्यमन्त्री चौधरीको सरकार ढल्ने भएपछि भूमिमन्त्री अहिरले दिए पदबाट राजीनामा

बुटवल : लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकार ढल्ने भएपछि मन्त्री अहिरले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी संसदीय दलको बैठकले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

यसअघि मुख्यमन्त्री चौधरीले संसदीय दलको बैठक बोलाएका छन्।

दिउँसो १ बजे आह्वान गरेको बैठकमा उनले आफ्नो राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा छलफल हुने नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए।

विश्वासको मतका लागि आज अपरान्ह ४ बजे प्रदेशसभाको अधिवेशन बोलाइएको छ।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरी माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि अल्पमतमा छन्।

२२ चैत, २०८०, १४:३०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।