ट्याक्सी दुर्घटनामा बेपत्ता दिवशको शव भेटियो

ट्याक्सी दुर्घटनामा बेपत्ता दिवशको शव भेटियो

काठमाडौ : चैत १७ गते काठमाडौंबाट गोरखा गइरहेको ट्याक्सी दुर्घटनामा बेपत्ता भएका गोरखाका एक युवकको शव भेटिएको छ।

बेपत्ता भएका गोरखा नगरपालिकाका १८ वर्षीय दिवश रोकाको शव बुधबार विहान साढे ८ बजे इच्छाकामना गाउँपालिका-५ टोपेखोलामा भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

नदी किनारमा बुधबार विहान निलो टिर्सट र कालो ट्रयाक लगाएको अनि घोप्टो परेको अवस्थामा शव भेटिएको थियो।

प्रहरीका अनुसार रोकाका आफन्तहरू आएर पहिचान गरेपछि शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल गोरखातर्फ लगिएको छ।

चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो। एक जा बेपत्ता भएका थिए।

२२ चैत, २०८०, ०९:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।