जबर्जस्ती करणी मुद्दामा कारागार चलान भएका ६६ वर्षीय वृद्धको हृदयघातबाट मृत्यु

जबर्जस्ती करणी मुद्दामा कारागार चलान भएका ६६ वर्षीय वृद्धको हृदयघातबाट मृत्यु

काठमाडौं : नेपालगन्ज कारागारका एक जना वृद्ध कैदीको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले जानकारी दिए।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक जोलाह तीन महिनाअघि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका कारागार कार्यालयले जनाएको छ।

गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार चलान भएका थिए।

२१ चैत, २०८०, २०:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।