टर्की मेयर चुनावमा राष्ट्रपति एर्दोगानलाई विपक्षी दलहरूले ठूलो झट्का

टर्की मेयर चुनावमा राष्ट्रपति एर्दोगानलाई विपक्षी दलहरूले ठूलो झट्का
सीएचपीका एकराम इमामोग्लु टर्कीमा मेयरको चुनाव जितेर खुशी व्यक्त गर्दै।

एजेन्सी : टर्कीको स्थानीय चुनावमा विपक्षी पार्टीले जित हासिल गरेको छ। यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको छ।

तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टीको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका छन्।

राष्ट्रपति चुनाव जितेर एर्दोगान सहरको राजनीतिक नेतृत्वमा आफ्नो प्रभुत्व कायम गर्ने कुरामा विश्वस्त थिए। तर, स्थानीय चुनावमा पार्टीका उम्मेदवारको पराजयले उनले आशा निराशामा परिणत भएको छ।

एर्दोगान आफैँले इस्तानबुलमा प्रचार गरे पनि यहाँ धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एकराम इमामोग्लुले चुनाव जितेका छन्। एर्दोगान इस्तानबुलको मेयर भएर त्यहिँबाट उनको राजनीतिक उचाइँमा पुगेका थिए।

एर्दोगानले इस्तानबुलमा नयाँ युगको सुरुवात गर्ने वाचा गरेका थिए। तर, १६ करोड जनसंख्याको यो इस्तानबुलमा विपक्षी दलले चुनाव जित्यो। विपक्षी दलले अंकारासहित अन्य १५ सहरको मेयरको चुनाव जितेको छ।

१९ चैत, २०८०, ०८:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।