उकालो बाटोमा चढ्न नसकेपछि जिप सडकको नालीमा पल्टियो, एकको मृत्यु

उकालो बाटोमा चढ्न नसकेपछि जिप सडकको नालीमा पल्टियो, एकको मृत्यु

काठमाडौं : गोरखामा स्कोर्पियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा भएको दुर्घटनामा ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका-४ का गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो।

स्कोर्पियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका-४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१७ चैत, २०८०, २१:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।