डोटीमा आफैंले काटेको रूखले च्यापिएर १४ वर्षीय बालकको ज्यान गयो

डोटीमा आफैंले काटेको रूखले च्यापिएर १४ वर्षीय बालकको ज्यान गयो

काठमाडौं : डोटीमा दाउरा काट्ने क्रममा रूखले च्यापिएर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सायल गाउँपालिका-२ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

शनिबार रानीवन जंगलमा दाउरा बनाउन बाँझको रूख काट्ने क्रममा दिउँसो १२ बजेतिर सोही रूखमा उनी च्यापिएर गम्भीर घाइते भएका थिए।

घाइते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा लगिएको थियो। अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१७ चैत, २०८०, २०:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।