नेटोमाथि पुटिनको बयानपछि पोल्यान्डका प्रधानमन्त्रीले भने- युरोप युद्धपूर्वको अवस्थामा छ

नेटोमाथि पुटिनको बयानपछि पोल्यान्डका प्रधानमन्त्रीले भने- युरोप युद्धपूर्वको अवस्थामा छ

काठमाडौं : पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्व अवधि’मा रहेको बताएका छन्।

युक्रेनलाई रुससँग हार्न दिन नहुने भन्दै उनले यो युरोपका लागि पनि राम्रो नहुने बताए।

युद्ध अब पुरानाे र नौलो कुरा नभएको भन्दै उनले दुई वर्षदेखि जारी रहेको उल्लेख गरे।

पोल्याण्डका प्रधानमन्त्रीको यो बयान रुसले युक्रेनको ऊर्जा प्रणालीमा गरेको पछिल्लो हमलापछि आएको हो।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले नेटोमाथि आक्रमण गर्ने मनसाय नरहेको बताएका छन्।

रुसले पोल्याण्ड, बाल्टिक देश र चेक गणतन्त्रमाथि आक्रमण गर्ने चर्चा भइरहँदा पुटिनले यसलाई बेकारको कुरा भनेका छन्।

यद्यपि पुटिनले युक्रेनले आफूविरुद्ध एफ१९ लडाकु विमान प्रयोग गरे उनीहरू जहाँ भए पनि निशाना बनाइने चेतावनी दिएका थिए।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युरोपसँगको सम्बन्ध चिसिँदै गएको छ।

१७ चैत, २०८०, ०९:००:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।