गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ

गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं : गुण्डागर्दी फैलाएको आरोपमा कपनबाट एक जना पेस्तोलसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका छन्।

गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शंकास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार लिम्बुको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान धारिलो चक्कु, एक थान फलामको हम्बर र दुई थान मोबाइल बरामद गरिएको छ।

१६ चैत, २०८०, १३:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।