सन्तानका लागि चार वर्षपछि फेरि मिले नवाजुद्दीन र आलिया

एजेन्सी : बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ।
सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो। यसपछि उनीहरूबीचको द्वन्द्व निकै समयसम्म चल्यो।
उनीहरुले आपसी विवाद लिएर अदालतसम्म पुगे।
यही बीचमा आलियाले सामाजिक सञ्जालमा नवाजुद्दीनको परिवारलाई लिएर विभिन्न खुलासा गरिन्। उनले नवाजुद्दीनविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएकी थिइन्। उनी आफ्ना सन्तानसँग अलग्गै बस्थिन्।
अब भने यो जोडी पुनः एकै ठाउँमा आएको छ।
हालै आलियाले विवाहको १४ औं वर्षगाँठ मनाउँदै एउटा पारिवारिक भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्। यो भिडियो हेरेका धेरैले उनीहरूबीच झगडा साम्य भएको होला भन्ने अनुमान गरेका थिए।
आलियाले एक अन्तवार्तामा आफ्नो जीवनमा धेरै कुराको बद्लाव आएको बताउँदै नवाजुद्दीनसँगको सम्बन्धमा सुधार भएको बताएकी थिइन्।
‘यस् अवधिमा मेरो जीवनमा धेरै बद्लाब आयो। मलाई लाग्छ कि मैले विश्वसामु खराब कुरा मात्र शेयर गरें। राम्रो कुरा शेयर गर्न चाहिँन। मलाई लाग्छ कि जुन राम्रो कुरा हो, त्यो पनि हेर्न पाउनुपर्छ,’ उनले भनेकी छन्।
उनले अगाडि भनेकी छन्, ‘मलाई लाग्छ कि हाम्रो सम्बन्धमा जुन समस्या आए, त्यो जहिल्यै कुनै तेस्रो पक्षका कारणले भयो। तर अब त्यो गलत बुझाई हाम्रो जीवनबाट हटिसकेको छ। हामीले आफ्नो सन्तानको कारण आत्मसमर्पण गरिसक्यौं। अब जिन्दगीमा अलग रहनुको कुनै विकल्प छैन। किनकी सन्तान पनि ठूला भइसकेका छन्। साथै नवाज शोराको नजिक छ र जे जति भयो त्यो कुराले ऊ निकै चिन्तामा थिई। त्यसकारण हामी अब एकापसमा नलड्ने र शान्तिका साथ बस्ने निर्णय लिएका छौं।’
नवाजुद्दीन र आलियाले निकै लामो समयसम्म डेट गरेका थिए। नवाजुद्दीनसँग विवाह गर्नुअघि आलियाको नाम अञ्जली थियो।
सन् २००९ मा विवाह गरेका यो जोडीको दुई सन्तान छन्।
चैत १५, २०८० बिहीबार १८:०८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।