त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने रविन लामा जेल चलान

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने रविन लामा जेल चलान

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनाका दोषी रविन लामा जेल चलान भएका छन्।

उक्त घटनामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामाविरूद्व आज जिल्ला अदालत काठमाडौंले कैद पुर्जी जारी गरेको हो।

उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट  पक्राउ गरेको थियो।

गत मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले उपप्राध्यापक चलाउने कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले उनीहरूलाई जनही २ वर्षको कैद सजायको फैसला भएको छ। त्यस्तै, पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको थियो।

०७७ कार्तिक २० गते चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए। तर अदालतले कुटपिट र अंगभंगमा दोषी ठहर गरेको थियो।

२०७७ असोज २० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो।

१४ चैत, २०८०, १८:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।