अस्पतालमा रहेको काब्रो टिप्न क्रममा करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु

अस्पतालमा रहेको काब्रो टिप्न क्रममा करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु

काठमाडौं : काब्रो टिप्ने क्रममा करेन्ट लागेर नारायणी आँखा अस्पतालका ल्याब टेक्निसियनको मृत्यु भएको छ।

दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय देवराज बिकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो।

कृष्णनगर नगरपालिका-८ बहादुरगंजस्थित अस्पतालको हाता भित्र रहेको काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुन गई उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरी उपरीक्षक हरि बहादुर ओलीका अनुसार मेडिकल कलेज भैरहवामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

 

१२ चैत, २०८०, २०:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।