घर पोत्ने माटो खन्न जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

घर पोत्ने माटो खन्न जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

काठमाडौं : डोटीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहका अनुसार तीन जना घाइते भएका छन्।

शिखर नगरपालिका-९, ढुङ्गमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँकी निर्मला रोस्याराको मृत्यु भएको प्रवक्ता धिर्क सिंहले जानकारी दिए।

घटनामा घाइते भएका अन्य तीन जनाको सकुशल उद्धार गरिएको नगर प्रमुख दीर्घ बलायरले बताए।

बलायरका अनुसार उनीहरू घर पोत्ने माटो खन्न गएका बेला घटना भएको हो।

११ चैत, २०८०, १०:३०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।