‘मिस नेपाल २०२४’को मुख्य प्रायोजक डाबर वाटिका

‘मिस नेपाल २०२४’को मुख्य प्रायोजक डाबर वाटिका

काठमाडौं : डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको मुख्य प्रायोजन गर्ने भएको छ। पछिल्लो दुई वर्षदेखि डाबर वाटिकाले मिस नेपाल प्रतियोगिताको प्रायोजन गर्दै आएको थियो।

मुख्य प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने कम्पनीको विश्वास छ।

डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले मिस नेपाल प्रतियोगितासँग जोडिन पाउँदा खुसी भएको बताए। यसमार्फत नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने उनको विश्वास छ।

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले मुख्य प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

१० चैत, २०८०, ०८:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।