दरबारमार्गमा हुने ‘होली पुन्ही’मा ओमोडाको सहकार्य

दरबारमार्गमा हुने ‘होली पुन्ही’मा ओमोडाको सहकार्य

काठमाडौं : विद्युतीय सवारी साधन ब्रान्ड ‘ओमोडा’ले काठमाडौंको दरबारमार्गमा हुने ‘होली पुन्ही २०२४’ कार्यक्रममा ‘ड्राइभ इ फ्युचर’ प्रायोजकको रूपमा सहकार्य गरेको छ।

विगत ५ वर्षदेखि होलीको उत्सवहरू आयोजना गर्दै आएको ‘अर्बिटरि इभेन्ट्स’ ले यो वर्ष पनि ‘होली पुन्ही २०२४’ आयोजना गर्न लागेको हो।

यस कार्यक्रमको प्रायोजकको रूपमा, धेरै सहभागीहरूलाई आधुनिक, रमाइलो र ‘फ्युचरिस्टिक’ प्रविधिसँग जोड्दै र अविस्मरणीय अनुभवहरू गर्न सहज बनाउने लक्ष्य ओमोडाले छ।

होलीको अविस्मरणीय अनुभवका लागि, ओमोडाले रोचक खेल लगायत विभिन्न गतिविधिहरू सहितको स्टल राख्ने जनाएको छ।

सहभागीहरूले रङ्ग र संगीतमा उत्साहजनक मनोरञ्जन लिनुका साथै, ओमोडाको आधुनिक कनेक्टिभिटी र शून्य उत्सर्जनको विषयमा समेत जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।

होली पुन्ही २०२४ कार्यक्रममा भेक, यावेश थापा, आविष्कार के.सि., डि.जे. बि.पि.एम्, डि.जे. डान, लगायत छ जना चर्चित डि.जे.हरूको साथमा साङ्गीतिक माहौल निरन्तर कायम रहनेछ।

९ चैत, २०८०, १४:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।