अफगानिस्तान : कान्दाहारमा भएको आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मेवारी

अफगानिस्तान : कान्दाहारमा भएको आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मेवारी
कान्दाहार बम विष्फोटमा परी ज्यान गुमाएकाहरूका आफन्त

एजेन्सी : २१ जनाको मृत्यु हुने गरी अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ।

अफगानिस्तानको तालिबान सरकारले बिहीबार शहरको बैंकमा उक्त आत्मघाती बम विष्फोट भएको जनाएको छ।

आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबानलाई लक्षित गरेर आक्रमण गरेको आईएसको समाचार एजेन्सी अमाकले जनाएको छ।

अमाकका अनुसार आक्रमणकारीले करिब १५० तालिबानी सदस्यहरूबीच विस्फोटक पदार्थ विस्फोट गराएका थिए।

यो अफगानिस्तानमा यस वर्ष भएको सबैभन्दा ठूलो विस्फोट हो। सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो।

तालिबान सरकारले मृत्यु हुनेको संख्या तीन जना मात्रै भएको बताएको छ।

तर, कान्दाहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसका एक चिकित्सकले उक्त विस्फोटमा २१ जनाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको बताएको बीबीसीले जनाएको छ।

कान्दाहार तालिवानको शक्तिकेन्द्र हो। तालिबानका सर्वोच्च कमाण्डर यहाँ बस्छन्।

९ चैत, २०८०, ०९:२६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।