गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले भन्यो, ‘अब कुनै टालटुलले हुनेवाला छैन’

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले भन्यो, ‘अब कुनै टालटुलले हुनेवाला छैन’

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा मागेका हुन्।

‘जसरी पनि गृह मन्त्रालयमा सरकारमा सामेल हुनुले निश्पक्ष छानविन प्रक्रियामा बाधा हुने देखिन्छ,’ उनले भने, ‘तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौं।’

न्यायको सिद्धान्तमा आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै गिरीले पोखराको सूर्यदर्शन सहकारी र अन्य सहकारीका सन्दर्भमा निष्पक्ष छानविनको माग गरे।

सहकारी ठगी मुद्दामा माओवादी विद्यार्थी नेता दीपेश पुन गिरफ्तार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने झन् ठूलो पद पाएकोमा उनले आश्चर्य व्यक्त गरे।

गृहमन्त्रीको राजीनामा भन्दा अर्को विकल्प नभएको र टालटुले जवाफले मान्नेवाला नभएको समेत स्पष्ट पारे।

‘राजीनामा भन्दा अर्को विकल्प छैन’, उनले थपे, ‘अर्को कुनै टालटुलले हुनेवाला पनि छैन।’

चैत ६, २०८० मंगलबार १२:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।