'रवि लामिछानेलाई बदनाम गरेर सरकार ढाल्ने खेलमा छ कांग्रेस'

'रवि लामिछानेलाई बदनाम गरेर सरकार ढाल्ने खेलमा छ कांग्रेस'

काठमाडौँ : एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन्।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाएका हुन्।

उनले भने, ‘रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ की छानबिन सबै तहबाट होस्। यसलाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्वकर्तालाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ। रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ।’

उनले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताए।

उनले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

चैत ४, २०८० आइतबार १४:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।