प्रजिअ र जिल्ला प्रहरी प्रमुखलाई गृहमन्त्री रविको निर्देशन' तीन महिनमा देखिने सुधार होस्'
काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूलाई तीन महिनामा कायापलट हुनेगरि काम गर्न निर्देशन दिएका छन्।
बिहीबार गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई भर्चुअल निर्देशन दिँदै लामिछानेले परिवर्तनका लागि तीन महिनाको समय दिएका हुन्।
उनले राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने भन्दै गृहमन्त्रीले गुन्डाहरूलाई चिनाइरहनु पर्ने अवस्था नभएको बताएका थिए।
निर्देशनमा सहभागी स्रोतका अनुसार उनले सरुवा र बढुवामा सोर्स–फोर्स नलाग्ने र जसले यस्तो प्रयास गर्छन् उनीहरूलाई नै घाटा हुने दाबी गरेका थिए।
गृह प्रशासन आम नागरिकको दैनिक जीवनसँग जोडिएको र उनीहरूले सुधारको अनुभव गर्नेगरि कार्यशैली सुधार गर्न, खादा माला बोकेर आफूलाई भेट्न नआउन समेत निर्देशन दिएका थिए।
चैत १, २०८० बिहीबार २१:५५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।