आइतबार हालसम्मकै उच्च रहेको सुनको मूल्य सोमबार स्थिर

आइतबार हालसम्मकै उच्च रहेको सुनको मूल्य सोमबार स्थिर

काठमाडौं : आइतबार हालसम्मकै उच्च रहेको सुनको मूल्य सोमबार यथावत् रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो।

फागुन २८, २०८० सोमबार ११:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।