गृहमन्त्री रविको निर्देशन ‘आइजिपी साप’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म कुनै हस्तक्षेप गर्दिन’

गृहमन्त्री रविको निर्देशन ‘आइजिपी साप’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म कुनै हस्तक्षेप गर्दिन’

काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारको आयुसँग आफूलाई मतलब नभएको दाबी गरेका छन्। आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि प्रदेश र जिल्ला प्रहरी प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत निर्देशनदिनेक्रममा उनले जति दिन टिकिन्छ राम्रो कामको प्रयास गर्ने बताए।

उनले प्रहरी सङ्गठनको सरुवा- बढुवामा ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गर्ने भन्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई सङ्गठनभित्रको सरुवा र बढुवा समयमा गर्न निर्देशन समेत दिएका थिए।

उनले भिआइपी कल्चरको अन्त्य गर्ने भन्दै आफूलाई एक जना पिएसओमात्र दिन आग्रह गरेका थिए। उनले आफू प्रहरी सङ्गठनको निर्णयमा हस्तक्षेप नगर्ने तर अन्यलाई अधिकार बुझाए चुप लागेर नबस्ने चेतावनी दिएका थिए।

‘आइजिपी साप’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म कुनै हस्तक्षेप गर्दिन’ उनले भने।

उनले प्रहरी नियमावलीमा रहेको अवकाशको सर्तमा ३० वर्षे सेवा अवधि हट्नुपर्ने र यसका लागि कसै न कसैले सेक्रिफाइस गर्नुपर्ने बताएका थिए।

कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने भन्दै उनले, हवलदार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताएका थिए।

फागुन २७, २०८० आइतबार १८:१३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।